काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन्। उनी शनिबार न्युयोर्क पुग्नेछन्।
https://www.khabarpetika.com/2024/09/20/7919/?fbclid=IwY2xjawFaWDlleHRuA2FlbQIxMQABHfvg0x5sfXAxyhwZDs5AnEye48tw2cPtqQATg6fVohBMn8Ua7iuhNAB0aQ_aem_3SLoIBPpd2-M0OmDZYnINQ









