२०८३ मंसिर ८
२०८३ मंसिर ८

रामेछाप काठमाडौँ सृजनशील समाजले गर्यो दोरम्बाका पहिरो प्रभावितहरुलाई राहत हस्तान्तरण

काठमाडौँ । रामेछाप काठमाडौँ सृजनशील समाजले दोरम्बा शैलुङ गाउँपालिका–३ का पहिरो प्रभावितहरुलाई राहत हस्तान्तरण गरिएको छ । समाजले बिहिबार राहत सामग्री गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई हस्तान्तरण गरिएको हो ।

समाजले ३ लाख ८ सय ४९ नगद र २७ बोरा चामल, दाल, चिनी र च्यूरा गरि १ लाख २ सय बराबरको खाद्यान गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएको संस्थाको संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार संस्थाले चलाएको अभियानमा २२० जना सहभागी रहेका थिए भने ४ लाख १ हजार ४९ रुँपैया जम्मा भएको थियो । उक्त संस्थाले दुखी,पीडित र गरिबहरुलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

दोरम्बा शैलुङ वडा नम्बर–३ स्थित लेखर्कमा भदौ ८ मा गएको पहिरोका कारण १० जनाले ज्यान गुमाए । ६५ परिवार विस्थापित भएका छन् ।

https://www.khabarpetika.com/2024/09/06/7526/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।