काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामि भएका छन् । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

उनी रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा सिन्धुली पुगेका थिए ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।









