२०८३ मंसिर ७
२०८३ मंसिर ७

स्कुटर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा स्कुटर दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

सोमबार सानोठिमीबाट मगरगाउँ जाँदै गरेको बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक सानोठिमी धुन्चेपाखा बस्ने ३१ वर्षीय निश्चलप्रकाश राजभण्डारी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो । थप उपचारको लागि बिहीबार नर्भिक अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

स्कुटर पछाडि सवार २८ वर्षीया श्रीमती पुजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखिएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।