काठमाडौं । जेन–जेडको आन्दोलनपछि मुलुकको ताजा राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संयुक्त वक्तव्य जारी गरेका छन्।

वक्तव्यमा अहिलेको संकटको निकास संविधानबाहिर गएर खोज्न नहुने भन्दै संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।
उनीहरूले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई उच्च प्राथमिकतामा राख्दै आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, संवैधानिक निकास दिनका लागि राष्ट्रपति सक्रिय रूपमा पहल गरिरहेको उल्लेख गर्दै विधिको शासन र संविधानवादमै भरोसा गर्न सबै पक्षलाई अपिल गरिएको छ।










