२०८३ मंसिर ७
२०८३ मंसिर ७

साउन १८ : रगतले लेखिएको इतिहास-अभिषेक कोईराला

आज पनि साउन १८ आउँदा मन अनायासै २०५९ सालको त्यो मिरमिरे बिहानतिर फर्किन्छ । भुकुईरोले ढाकेको त्यो बिहानले कति परिवारको खुसी खोस्यो। कति आमाको काख रित्यायो । कति सन्तानलाई टुहुरो बनायो । कति सपनाहरूलाई अधुरै छाडिदियो। समयले २४ वर्षको दूरी तय गरिसकेको छ, तर त्यो दिनका घाउहरू अझै सम्झनाको गहिराइमा बिझिरहेकै छन् ।
त्यही दिन दोलखा र सिन्धुपाल्चोकका १५ जना परिवर्तनका योद्धाहरूले सहादत प्राप्त गर्नुभयो। तीमध्ये दोलखाका ७ जना र सिन्धुपाल्चोकका ८ जना हुनुहुन्थ्यो ।


सहादत प्राप्त गर्नेहरू:
तिर्थमाया वाइबा (क. चेतना), टोपनाथ सापकोटा (क. ज्वाला), बेदप्रसाद शर्मा (क. योद्धा), लक्ष्मी पराजुली (क. निरज्वाला), दलबहादुर तामाङ (क. शैलुङ), दीपक थामी (क. निपेश), गोविन्द आचार्य (क. सन्दीप), सुन्दरी चापागाईं (क.सन्जिता), रणबहादुर थामी (क.हरि), कल्पना थामी (क.प्रतिमा), कविता थामी (क.अनिशा), गायत्री श्रेष्ठ (क.चुनौती), ठक कुमारी तामाङ (क.रेणुका), सुकमान तामाङ (क. किरण) र मीना सापकोटा (क.सान्त्वना) ।
त्यस दिनको विभत्सता शब्दमा बयान गर्न सकिँदैन । घटनापछि महिला र पुरुषका शवलाई छुट्टाछुट्टै खाल्डोमा गाडिएको र स्थानीय नागरिकलाई जबर्जस्ती शव गाड्न लगाइएको भन्ने खबर आज पनि हृदय चिरिदिने पीडाका रूपमा स्मरण गरिन्छन् ।
इतिहास साक्षी छ । नेपालको लोकतान्त्रिक गणतन्त्र कुनै शासकको दया, कृपा वा उपहारबाट प्राप्त भएको व्यवस्था होइन । परिवर्तनका लागि हजारौँ नेपालीले आफ्नो जीवन बलिदान गरे । हजारौँ घाइते र अपाङ्ग भए । असंख्य परिवारले असह्य पीडा भोगे। ती ज्ञात–अज्ञात सहिदहरूको रगत, त्याग र अटल सङ्कल्पकै जगमा आजको व्यवस्था स्थापित भएको हो ।
त्यसैले परिवर्तनको उपलब्धिबाट लाभ उठाउँदै परिवर्तनका लागि आफ्नो सर्वस्व अर्पण गर्ने सहिदहरू, घाइते–अपाङ्ग योद्धाहरू तथा संघर्षमा योगदान पुर्‍याएका मानिसहरूको इतिहासलाई अपमान गर्ने, उनीहरूको बलिदानलाई अस्वीकार गर्ने वा एकपक्षीय रूपमा व्याख्या गर्ने नैतिक अधिकार कसैलाई छैन । इतिहासलाई सम्पूर्ण सन्दर्भमा बुझ्नुपर्छ, किनकि द्वन्द्वका सबै पक्षले पीडा भोगेका छन्।
सहिदहरू केवल इतिहासका पात्र होइनन्; उनीहरू न्याय, समानता र परिवर्तनका निम्ति आफ्नो वर्तमान समर्पण गर्ने अमर प्रेरणा हुन् । उनीहरूको बलिदानलाई सम्झनु भनेको केवल फूल चढाउनु होइन, उनीहरूले देखेको न्यायपूर्ण, समतामूलक र सम्मानपूर्ण नेपालको सपनालाई जीवित राख्नु पनि हो ।
साउन १८ का सम्पूर्ण अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । उहाँहरूको त्याग, बलिदान र आदर्श नेपाली जनताको स्मृति र इतिहासमा सधैँ अमर रहनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।