२०८३ मंसिर ८
२०८३ मंसिर ८

सरिता तामाङको हत्यामा संलग्न अभियुक्त सार्वजनिक

काठमाडौं ।  धादिङ जिल्ला, गजुरी गाउँपालिका–४ की १७ वर्षीय सरिता तामाङको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी– ३ का २४ वर्षीय विश्वास तामाङ रहेका छन् । गत मंसिर २९ गते रातिदेखि सरिता हराएको भनी उनका दाई नविनले हुलियासहित निवेदन दिएसँगै परिसर काठमाडौं तथा मातहत कार्यालयहरुबाट खोजतलास भएको थियो ।

सो क्रममा हिजो (बुधबार) दिउँसो ३ बजेतिर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङगलस्थित आफ्नै कोठाको लो वेड मुनि सरिता मृत अवस्थामा फेला परेकी थिईन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौं–१४ खड्कागाउँस्थित डेरागरी बस्ने विश्वास तामाङलाई पक्राउ गरेको हो ।

अभियुक्त विश्वास तामाङको साथबाट मृतक सरिताले प्रयोग गरेको मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।