२०८३ मंसिर ७
२०८३ मंसिर ७

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, शपथ दिउँसो ३ बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने निर्णय गरेका छन्। सम्पत्ति विवरण र लगानीसम्बन्धी विवादपछि राजीनामा दिएका गुरुङलाई पुनः मन्त्रिमा फर्काउने तयारी गरिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गरेसँगै उनको पुनर्नियुक्तिको बाटो खुलेको स्रोतले जनाएको छ।

सरकारले यसअघि गुरुङमाथि उठेका प्रश्नहरूको अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदनमा गुरुङलाई प्रत्यक्ष रूपमा दोषी नदेखिएको निष्कर्ष निकालेपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ।

गृहमन्त्रीको शपथका आजै राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे हुने तयारी छ।

व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्पत्ति विवरणसम्बन्धी विषय सार्वजनिक भएपछि गुरुङले नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसबेला उनले आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिँदै पद त्याग गरेको बताएका थिए।

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।